काठमाडाैँ, ६ असार । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको वताएका छन्।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट शनिवार ४६ जनामा कोरोना पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये सल्यानका २६, दैलेखका १९ जना र जाजरकोटका १ जना रहेको वताएका छन्।

यस सँगै कर्णालीमा संक्रमितको संख्या १२४५ पुगेको छ।