काठमाडौँ, १८ वैशाख । बलिउड अभिनेता ऋषि कपूरको निधन भएको छ । उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ऋपि कपूरका दाइ रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन् । उनी क्यान्सर रोगबाट पीडित थिए ।

कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए । गएको फेब्रुअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो ।

क्यान्सरसँग जुधिरहेका उनलाई स्वासप्रस्वासमा पनि समस्या भएकाले मंगलबार अस्पताल भर्ना गरिएको दाइ रणधीरले बताएका थिए ।