काठमाडौँ ।अभिनेता तथा निर्माता दीपकराज गिरी लगायतको टीमले फिल्ममा काम गर्ने प्राविधिकलाई राहत स्वरुप सहयोग घोषणा गरेका छन्।

गिरीले सामाजिक संजालमा एक स्टाटस् पोष्ट गर्दै प्राविधिकका लागि राहातको घोषणा गरेका हुन्। गिरीकै स्टाटस् अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेता केदार घिमिरे लगायत उनका टिमका सबै सदस्यले पोष्ट गरेका छन्।

‘सुटिङको समयमा, भोक लाग्दा खाना खुवाउने, हामीलाई गर्मि हूँदा छाता ओढाउने, राम्रो देखाउन गर्हौ लाइट उचाल्ने प्राविधिकहरूको लागि यो कठिन समय हो’ स्टाटसमा लेखिएको छ ‘सबै मिलेर केही सहयोग गरौँ । हाम्रो तर्फबाट १ लाख १० हजार रुपयाँ दिँदैछौ।’

अन्य सहयोग गर्न चाहनेले इनबक्स समेत गर्न सक्ने उल्लेख गरिएको छ। दीपकराज गिरी टिमको पछिल्लो फिल्म ‘छ माया छपक्कै’ यसै वर्ष प्रदर्शनमा आएको थियो । रोहित अधिकारीसँग मिलेर बनाएको यो फिल्म सुपरहिट साबित भएको थियो।