काठमाडौं, १२ भाद्र । मोरङ पथरीकी सज्जा चौलागाईं नेपाल आइडल सिजन-३ को विजेता बनेकी छिन्।

नेपाल आइडलको स्टुडियोमा शुक्रबार भएको ‘ग्राण्ड फिनाले’ मा नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी हुन्।

यस्तै बर्दियाका प्रविन बेडुवाल फस्ट रनरअप बनेका छन् भने किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका छन्।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका थिए।

तेश्रो सिजन विजेता सज्जाले नगद ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन्।

त्यसैगरी, फस्ट रनरअप प्रविनले १० लाख र सेकेन्ड रनरअप किरण भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन्।

आइडलको अन्तिम नतिजा सीमित दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको थियो।