काठमाडौँ, २२ जेठ । चलचित्र विकास बोर्डको नयाँ अध्यक्ष दयाराम दाहाल भएका छन्। उनलाई बिहिबार बसेको मन्त्री परिषद्को बैठकले नयाँ अध्यक्ष बनाउने घोषणा गरेको हो। उनी चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र लेखक, निर्देशक तथा गीतकार हुन्।

विकास बोर्डका पूर्व अध्यक्ष केशव भट्टराईको आकस्मिक निधनपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो। रिक्त पदमा अध्यक्ष पदका लागि दशजनाले आवेदन दिएका थिए। दाहाल सहित जम्मा तीन जनाको नाम मात्र मन्त्री परिषदमा पुगेको थियो। जसमा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रबन्धक राजेश थापा र दाहालको नाम सिफारिश भएको थियो।