• गृह
  • राजनीति
  • संसद
  • घटना
  • समाज
  • प्रविधि
  • कला
  • खेलकुद
  • स्वास्थ्य
  • विश्व
  • विचार
  • कृषि
Sign in
Welcome!Log into your account
Forgot your password?
Privacy Policy
Password recovery
Recover your password
Search
Thursday, April 22, 2021
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Privacy Policy
Password recovery
Recover your password
A password will be e-mailed to you.
Gundruk Khabar
  • गृह
  • राजनीति
  • संसद
  • घटना
  • समाज
  • प्रविधि
  • कला
  • खेलकुद
  • स्वास्थ्य
  • विश्व
  • विचार
  • कृषि
  • घटना
  • विश्व

चीन्को उहानबाट पूर्ण क्षमतामा आन्तरिक हवाई उडान शुरु

Facebook
Twitter
Pinterest
WhatsApp

    बेइजिङ, २८ भाद्र । कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान शहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु शुरु भएको छ।

    उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त शहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो।
    शहरमा कोरोनाभाइरसको संक्रमण तिब्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नु परेको थियो। गत अप्रिल महिनाको शुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन्।
    उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए। यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान शुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ।
    अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक शहर तथा आम्स्र्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा शुरु भइसकेका छन्। चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन्। आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।
    चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ। चीनमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार १८४ जना रहेका र त्यसमध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो।
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      Previous articleकोभिड-१९ : २४ घण्टामा थप १०३९ जना संक्रमित, पिसीआर परिक्षण शुल्क दुई हजार रुपैयाँ तोकियो
      Next articleशान्ति मिसन उडान स्थगित : मिसनमा जान लागेका सेनामा संक्रमण पुष्टि
      admin

      EDITOR PICKS

      मन्त्रिपरिषद्को सिफारिसप्रति कांग्रेसको आपत्ति, कडा प्रतिवाद गर्ने

      अदालतभित्र अधिकृत र नासुबीच कुटाकुट

      निगमले १० दिनमै बढायो पेट्रोल-डिजेलको मूल्य

      सरकारले अधोगतिको बाटो समातेको छ : काँग्रेस

      ABOUT US

      Policy Media Pvt ltd
      प्रेस तथा संचार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश दर्ता नम्बर ०००८
      कम्पनी दर्ता नम्बर २३०७२२/०७६/०७७
      स्थाई लेखा नम्बर ६०९६८४७००
      ठेगाना चाबहिल काठमाडौ
      सम्पर्क नम्बर ९८५११९८२८६
      Email : [email protected]

      FOLLOW US

      • हामी किन?
      © Gundruk Khabar - All Rights Reserved
      MORE STORIES
      अपराध

      इलाममा किशोरीको बलात्कारपछि हत्या

      इलाम।इलाममा एक किशोरीको बलात्कारपछि हत्या भएको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीय आकृति राईको मंगलबार बलात्कारपछि हत्या...