काठमाडौं, २४ भाद्र । चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको महाराजगञ्ज स्थित मेट्राे अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो।

स्वास्थ्यमा समस्या भएर सोमबार अस्पताल लगिएका छेतनको उपाचारका क्रममा बुधवार बिहान मृत्यु भएको हो। पारिवारिक श्रोतका अनुसार उनि कलेजोको समस्याबाट पिडित थिए।

सन् २०१४ मा दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘नोभेम्बर रेन’ को कथा, पटकथा र सम्वाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए। उनले सन् २०१६ को चलचित्र ‘क्लासिक’, सन् २०१७ को चलचित्र ‘डायरी’ र सन् २०१९ को चलचित्र ‘ए मेरो हजुर’ को कथा लेखेका थिए।

२०३५ साल माघ २२ गते जन्मिएका गुरुङको ४२ वर्षको उमेरमा निधन भएको हाे।