काठमाडाैँ, ३१ असार । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव मंगलबार भेटिएको छ।

सुरुङको १७ नं. गेट फुट्दा अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहित र अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगर बेपत्ता भएका थिए। बेपत्ता गाेहीतकाे शव मंगलबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन्।

अर्का बेपत्ता सवारी चालक थापा मगरकाे शव भने खोजी जारी रहेको उनले बताएका छन्।