काठमाडौं, २४ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
हाल देशभर चार हजार १०० नमुनाको पीसीआर टेष्ट गर्दा २९८ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएकाे छ ।
हाल देशभर काेराेनाका दुई हजार दुई सय एक संक्रिय संक्रमित रहेका छन् ।