काठमाडौं, १८ फागुन । सरकार र प्रतिबन्धित नेपाल कम्युष्टि पार्टी विप्लव समूहले वार्ताटोली गठन गरेका छन्। मंगलबार सरकारी पक्षले दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव सूमहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो।
सरकारी वार्ता टोलीले नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गर्दा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई वार्ता टोलीका सदस्यका रूपमा छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पार्वत गुरुङले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका हुन्।
सरकार र विप्लव दुवै पक्षबाट वार्ता टोली गठन, बादल र प्रकाण्डले नेतृत्व गर्ने
उता विप्लव समूहको टोलीको नेतृत्व सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गर्ने भएका छन्। उनको टोलीका अर्का सदस्य केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहने महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कुनै पनि शर्तहरू राखिएका छैनन्।
सरकार र विप्लव दुवै पक्षबाट वार्ता टोली गठन, बादल र प्रकाण्डले नेतृत्व गर्ने
शान्तिपूर्ण नेपालको परिकल्पना गर्दै सरकार सबै द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याउन दृढ रहेको सरकारी पक्षको भनाइ छ । सबै समस्याको समाधानपछि वार्ताको कुनै आौचित्य नहुने भएकाले विल्लव समूहमाथि लागेको मुद्दा, प्रतिबन्ध र हतियार व्यवस्थापको विषयको समाधान वार्ताद्वारा नै समाधान गरिने सरकारको भनाइ छ ।