काठमाडौं, १० फागुन । कोभिड -१९ विरुद्दको अहियानामा सरकारले आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ।
उक्त दोश्रो चरणको खोप अभियानका लागि फागुन १६ गतेभित्र आ-आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरी पठाउन स्थानीय तहलाई सरकारले निर्देशन दिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या श्रोतका दोश्रो चरणको खोप कार्यक्रमका लागि आवस्यक मात्रामा खोप नेपाल भित्रिसकेको छ।
६० वर्षमाथिका सबै जेष्ठ नागरिकलाई खोप लगाउन आग्रह  मन्त्रालय श्रोतले भन्यो, ‘ १० लाख खोप डोज नेपाल भित्रिएको छ । फागुन २३ गतेदेखि खोप केन्द्रहरु मार्फत कोरोना विरुद्धको खोप लगाइन्छ। सबै जेष्ठ नागरिकलाई कोरोना विरुद्दको खोप लगाउन आग्रह गर्दछौं।’