काभ्रे, १० माघ । काभ्रेका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको रोशी गाउँपालिका नार्के स्थित वीपी राजमार्गमा सिलिन्डर बम र बनेपा नगरपालिका बुडोल स्थित सडक छेउँमा शंकस्पद वस्तु फेला परेको हो।
आज बिहान राजमार्गको बायाँ पट्टी सिलिन्डर बम बिस्फोट भएको हो। त्यस्तै बनेपामा झोलामा कुकर जस्तो देखिने वस्तु भेटिएपछि नेपाली सेनााको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए। यस्तै गएराति पनि बनेपामा केही पड्किएको आवाज सुनिएको स्थानीयले बताएका छ्न्।
बिहान केही समय सवारी आवागमन रोकिए पनि अहिले सुचारु भएको छ। शंकास्पद वस्तु फेला परेसँगै सो राजमार्ग अवरुद्ध भएको छ।