हामी किन?

हामी नेपाली मिडियामा स्वच्छ, निष्पक्ष, तथ्य र खोजमूलक समाचार पस्कन आएका हौं। नेपाल र नेपालीको पहिचान गुन्द्रुकको नाममा हामीले मिडिया सुरू गरेका छौं।

प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरु अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार र स्वतन्त्र सञ्चारका लागि अत्यावश्यक सर्त हुन्। 

समाज र रास्ट्रको जिम्मेवारीप्रति हाम्रो परिवार सदैव सचेत र समर्पित छ। पत्रकारिता क्षेत्रको सम्मानजनक अस्तित्वले पत्रकारिता पेसालाई बढी सम्मानित बनाउँछ। सम्मानित पत्रकारले मात्र राष्ट्रिय जीवनका विभिन्न पक्षहरुलाई थप जवाफदेही बनाउन सक्छ। त्यस अर्थमा हामी नेपाली नागरिक र वृहत राष्ट्रिय हितका प्रबल पक्षधर रहनेछौं।

सामाजिक जीवनका हरेक क्षेत्रमा बढ्दै गएको भ्रष्ट्र आचरण र बेथितीका बिरुद्द खोजमूलक ढंगले सशक्त कलम चलाउन हामी प्रतिवद्द छौं।

पत्रकारिताको माध्यमबाट आगामि दिनमा नेपाल र नेपालीको स्वाभिमान उच्च बनाउँदै राष्ट्र र राष्ट्रियताप्रति समर्पित भई पत्रकारिता पेसाको धर्म ईमान्दार भएर पालना गर्न गुन्द्रुक खबर प्रतिबद्ध रहेको जानकारी पाठकहरुलाई गराउन चाहन्छौं।

देशको एकदमै तरल र संबेदनशील राजनीतिक, सामाजिक परिस्थितिमा अस्वाभाविक रुपमा भ्रस्ट मनोवृत्तिले टाउको उठाइरहेको छ। व्यवसायिक दायित्वबाट प्रेरित भएर तपाईंहरू माझ आएका छौँ कमजोरी र अपर्याप्तताका लागि पूर्ण जिम्मेवारी हाम्रो हुनेछ र त्यसलाई सत्प्रयासका रूपमा बुझिदिनुहुन हामी सबैसँग आग्रह गर्दछौँ।