जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन्।

प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ जाजरकोट शाखाद्वारा संयुक्त रुपमा जाजरकोट आयोजित ‘पत्रकार आचारसंहिता’ विषयमा छलफल मन्त्री बस्नेतले सो कुरा बताएका हुन्।

सञ्चार क्षेत्र छाडा हुँदै गएको दावी गर्दै बस्नेतले भने, ‘त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन। सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ।’

महासंघ शाखाको नवनिर्मित भवनको मन्त्री बस्नेत र महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त उद्घाटन गरेका छन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई र पत्रकार महासङ्घका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माको सहभागिता रहेको थियो।