काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री केपी ओलीले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गरेका छन्।
काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले साउन १ बाट सामाजिक सुरक्षा भत्ता बढाइने घोषणा गर्दै आफ्नो ‘आलोचना गर्नेहरुले अब के गर्नेछन्’ भने।
आपत्ति जनाउनेहरु जनाइउँदै गरुन् भन्दै उनले भने, ‘सबैले सुन्ने गरी भन्दैछु, साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’
आफ्नो सरकार बन्ने बित्तिकैको बजेटमा बृद्ध भत्ता नबढाइएको भन्दै आलोचना गरिएकोमा पनि उनले आपत्ति जनाएका छन्।