काठमाडौं, १६ चैत्र । देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम प्रभावित भएको हो।
अहिले देशको पश्चिमी पहाडी भू–भागहमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ। अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।
आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन्।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै राति प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ।
पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।