Featured News Iसमाचारसमाज तराईका जिल्लाहरुमा आज धुमधामका साथ होली मनाईँदै Facebook Twitter Pinterest WhatsApp ईटहरी, १६ चैत्र । तराईका जिल्लाहरुमा सोमबार धुमधामका साथ होली पर्व मनाईँदै छ। आइतबार पहाडी क्षेत्रमा मनाइएको होली तराई तथा मधेसका जिल्लाहरुमा भने साेमबार मनाउन लागिएकाे हो। पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट रंग खेलेर होली मनाउने परम्परा अनुसार तराईका जिल्लामा विशेष रुपमा फागु पर्व मनाईँदैछ। कोरोना संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै होलीमा भीडभाड हुने गतिविधिहरु नगर्न सरकारले आह्वान गरेको छ। तर होली मनाउने क्रममा भीडभाड नगर्न सरकारले जारी गरेको आदेश काठमाडौँसहितका जिल्लामा नागरिक तहबाट अवज्ञा गरिएको थियो। सडकमा चेकजाँच कडा पारेको भए पनि वसन्तपुर लगायतका स्थानमा ठूलो संख्यामा मानिसहरु होली मनाउन भेला भएका थिए। EDITOR PICKS गाउँपालिका अध्यक्षको निधनमा जिल्लाका सेवा बन्द सरकारद्वारा विप्लव नेकपामाथिकाे प्रतिबन्ध फुकुवा संसारमा कोरोनाबाट मर्नेको संख्या ३३ सय नाग्यो परिक्षा हेर्न जाँदा डोटी शिक्षिकाको मृत्यु