काठमाडौं, ११ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमाथिको बहस सकिएसँगै फैसलाको प्रतिक्षा भइरहेको छ।
गएको शुक्रबार बहस सकिएको थियो। त्यसपछि सर्वोच्चले सोमबारसम्म बहस नोट पेश गर्ने समय दिएको थियो। सो समय सकिएसँगै मंगलबार (फागनु ११ गते) देखि मुद्दा हेर्दा हेर्दैमा गएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसको निर्णय मिति नतोकिएको भए पनि ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने बताएका छन्।
उनले शुक्रबार भनेका थिए, ‘३२–३३ दिन बहस भयो। बहसको फैसला तोकिएको छैन। तर ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्छ।’
गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटनविरुद्ध परेका मुद्दामा संवैधानिक इजलासले माघ ४ गतेदेखि विषयबस्तु केन्द्रित भएर बहस सुन्दै आएको थियो।
रिट निवेदकका तर्फबाट र विपक्षीका तर्फबाट दुई–दुई हप्ता बहस भएको थियो भने त्यसपछि एमिकस क्युरीले बसह गर्दै आएका थिए।