काठमाडौं, २९ पौष । लोक सेवा आयोगले चार सयभन्दा बढी नायब सुब्बा पदका लागि आवेदन खुलाएको छ।

आज गोरखापत्रमा सूचना निकालेर लोक सेवाले खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको हो।

लोक सेवाले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सोसरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि योग्यता पुगेकाहरूबाट दरखास्त मागेको हो।

दरखास्त आयोगको वेवसाइट https://psc.gov.np/ बाट भर्न सकिने आयोगले जानकारी दिएको छ।

न्याय, प्रशासनतर्फ आयोगले आवेदन खुला गरेको छ।