काठमाडौं, २३ पौष । भारतमा बर्डफ्लूको संक्रमण फैलिन थालेपछि भारतबाट आयात हुने पोल्ट्रीजन्य वस्तुमा नेपालले प्रतिबन्ध लगाएको छ।

भारतबाट पोल्ट्रीजन्य वस्तु आयात हुँदा नेपालमा पनि बर्डफ्लूको प्रकोप फैलिन सक्ने भएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको पशु सेवा विभागलाई भारतको जुनसुकै क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भन्दै मन्त्रालयबाट पत्र आएको जनाइएको हो।

एक साता अघिदेखि भारतका विभिन्न राज्यमा केरला, गुजरात, हरियाणा, राजस्थान, विहार लगायतका एक दर्जन भन्दा बढी क्षेत्रमा बर्डफ्लू देखिएको छ। यी क्षेत्रमा कुखुरा, हाँस लगायत पशुपन्छीमा समेत बर्डफ्लू देखा परेकाले लाखौं कुखुरा, हाँस नष्ट गर्न थालिएको छ ।

यसरी बर्डफ्लूको प्रकोप देखा परेपछि अण्डा बिक्री वितरणमा पनि रोक लगाइएको छ।