• गृह
  • राजनीति
  • संसद
  • घटना
  • समाज
  • प्रविधि
  • कला
  • खेलकुद
  • स्वास्थ्य
  • विश्व
  • विचार
  • कृषि
Sign in
Welcome!Log into your account
Forgot your password?
Privacy Policy
Password recovery
Recover your password
Search
Monday, January 25, 2021
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Privacy Policy
Password recovery
Recover your password
A password will be e-mailed to you.
Gundruk Khabar
  • गृह
  • राजनीति
  • संसद
  • घटना
  • समाज
  • प्रविधि
  • कला
  • खेलकुद
  • स्वास्थ्य
  • विश्व
  • विचार
  • कृषि
  • Featured News II
  • कृषि
  • समाज

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना

Facebook
Twitter
Pinterest
WhatsApp

    इलाम, २ पौष । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ। भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ।

    ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च छ। पछिल्लो समय भारतीय व्यवसायीसमेत अलैँची किन्न नेपाल आउन थालेका छन्। विगतका वर्षमा भारतनै पुर्याउँदा पनि बेच्न गाह्रो हुने अलैँची नेपालमै व्यवसायी आएपछि अलैँचीको भाउ बढ्ने सम्भावना छ।

    ‘भारतीय व्यवसायी नै नेपाल आएपछि अब नेपाली अलैँचीको भाउ बढ्छ’, अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजकुमार कार्कीले भने, ‘नेपालमा उत्पादन भएको ४० प्रतिशत नयाँ अलैँची बिकिसक्यो।’

    उनका अनुसार ठूलो मात्रामा अलैँची बिकेकाले अब माग बढ्ने देखिएको छ। केही वर्षअघि अलैँचीको दाम प्रतिमन (४० किलोको एक मन) रु एक लाखसम्म पुगेको थियो तर त्यो लामो समय टिकेन। अहिले त किसानले त्यसको एक चौथाइ भाउमात्र पाउँछन्।

    फेरि भाउ बढेमा किसानलाई केही लाभ हुन सक्छ। ‘भाउ त धेरै नै बढ्छ’, अध्यक्ष कार्कीले भने, ‘तर यति नै भन्न सकिँदैन। अलैँचीको हाहाकार नै हुने स्थिति थियो।’

    विगतमा पनि अलैँचीको भाउ भारतमा उत्पादन घटेकै कारण आएको थियो तर पछिल्ला वर्षमा भारतमा पुनः अलैँची उत्पादन हुन थालेकाले भाउ घटेको हो। अध्यक्ष कार्कीका अनुसार नेपालमा उत्पादन हुने ६० प्रतिशत अलैँचीको बजार भारत हो।

    भारतले पनि विभिन्न मसला सामग्री निर्माण गरेर तेस्रो मुलुक पठाउँछ। गुणस्तरका हिसाबले पनि भारतको भन्दा नेपाली अलैँची अब्बल छ। त्यसैले पनि अन्तर्राष्ट्रिय जगत््मा नेपाली अलैँचीको माग उच्च छ।

    ‘पछिल्ला वर्षहरूमा नेपाली अलैँचीको भाउ एकदम बढेको छ। किसान आफैँले प्रशोधन गर्दासमेत सचेतना जनाउन थालेका छन्’, अध्यक्ष कार्कीले भने, ‘पछिल्लो समय त धेरै जिल्लामा उत्पादन हुन थालेपछि उत्पादन राम्रो भएको छ।’

    नेपालमा झण्डै ३० जिल्लामा अहिले अलैँची उत्पादन हुन्छ। व्यापार चिह्न कार्यान्वयनमा कठिनाइ नेपाली अलैँची चिनाउन चार वर्षअघि बनेको व्यापार चिह्न अझै कार्यान्वयनमा आउन सकेको छैन। सरकारले विक्रम संवत २०७३ असार १९ गते जारी गरेको ट्रेडमार्कलाई केही समयअघि मात्रै पाकिस्तानले स्वीकृति जनाएको थियो।

    स्वीकृतिपछि पाकिस्तानमा व्यापार चिह्न लगाएर अलैँची लग्न सकिने भए पनि विविध कारणले लगिएको छैन। भारत–पाकिस्तानबीचको द्वन्द्वका कारण नेपालमा व्यापार चिह्नसहितको अलैँची पाकिस्तान लैजान नसकिएको व्यवसायी बताउँछन्। सरकारले लोगो जारी गरेलगत्तै भारत, पाकिस्तान र युएईमा दर्ता प्रक्रिया अघि बढाइएको थियो।

    एक वर्षअघि नै पाकिस्तानबाट लोगो स्वीकृत भएर आयो भने अन्य देशबाट आएको छैन। ‘कूटनीतिक कदम व्यापक बनाउनुपर्छ। हाम्रो कूटनीतिक कदम सुस्त भएकाले समस्या भएको हो’, अध्यक्ष कार्कीले भने, ‘पाकिस्तानसँग भने व्यापार गर्दा भारतलाई समेत सन्तुष्ट बनाएर गर्नुपर्ने हुन्छ।’

    सरकारले कूटनीतिक पहल गरेमा केही सहज हुने अध्यक्ष कार्कीको भनाइ छ। चार वर्षअघि सरकारले ‘एभरेस्ट विग कार्डिमम’ नामक व्यापार चिह्न जारी गरेको छ। व्यापार चिह्न कार्यान्वयनपछि अलैँचीमा सुधार गरेर विदेश निर्यात गर्न अलैँचीलाई तीन गुणस्तरमा वर्गीकरण गरिएको छ।

    सबैभन्दा गुणस्तरीय अलैँचीलाई जेम्बो जेट(जेजे), मध्यम गुणस्तरीय अलैँचीलाई स्टेन्डर क्वालिटी(एसटी) र कम गुणस्तरीय अलैँचीलाई चलनचल्तीको मापन(सीसी)मा वर्गीकरण गरिएको छ।

    आर्थिक वर्ष ०७५/७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैँची निर्यात भएकामा आव ०७६/७७ मा ५० लाख १२ हजार ६९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क छ।

    आव ०७५/७६ मा रु चार अर्ब २८ करोड ४१ लाख ९९ हजारको अलैँची निर्यात भएकामा गत आव ०७६/७७ मा रु चार अर्ब एक करोड ९२ लाख १४ हजारको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ।

    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      Previous articleरहरले गरेको तरकारी खेतीले गाउँको मुहार नै फेरिदियो
      Next articleआगामी तीन दिनको मौसम पूर्वानुमान : कुन दिनको मौसम कस्तो ?
      admin

      EDITOR PICKS

      चितवनमा कोभिड-१९ विरुद्द लड्न प्लाज्मा सङ्कलन अभियान तीव्र

      बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

      अनियमितता र भ्रष्टाचारको छानबिन गरी कारबाही गर्न सरकारसँग काँग्रेसको माग

      कोभिड-१९ : उदयपुरमा सङ्क्रमितसँगै बसेका एक व्यक्ति सुनसरीका

      ABOUT US

      Policy Media Pvt ltd
      प्रेस तथा संचार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश दर्ता नम्बर ०००८
      कम्पनी दर्ता नम्बर २३०७२२/०७६/०७७
      स्थाई लेखा नम्बर ६०९६८४७००
      ठेगाना चाबहिल काठमाडौ
      सम्पर्क नम्बर ९८५११९८२८६
      Email : [email protected]

      FOLLOW US

      • हामी किन?
      © Gundruk Khabar - All Rights Reserved
      MORE STORIES
      Featured News II

      पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्री साह सवार गाडी

      काठमाडौं, १८ पौष । सर्लाहीमा मन्त्री सवार गाडीको ठक्करबाट एकजना पैदलयात्री घाइते भएका छन्। शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा सामान्य...