File photo of Sajha Yatayat.

काठमाडौँ, ३१ असार । बुधबारदेखि सरकारी लगानीको साझा यातायातले बस सेवा शुरु गर्ने भएको छ।

साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो। पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्र पाण्डेले बताएका छन्।

बसका कर्मचारी र यात्रु दुवैले आवश्यक सुरक्षाप्रति सर्तक हुने गरी बस सञ्चालन गर्न लागिएको छ। उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ।

सरकारले तोकेअनुसार नै भाडा लिइनेछ। मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेपछि पनि यातायातले बसको मर्मत लगायतका तयारीका काम गरिरहेको थियो।