काठमाडौ, १६ साउन । देशका अधिकांश स्थानमा शुक्रवार मौसममा सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

शुक्रवार राति देशभर सामान्य बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखामा रहेका कारण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।