काठमाडौं, २८ पौष । कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा खारेज भएपछि नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ।

मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न आदेश दिएका हो।

नयाँ पाठ्यक्रमका सम्बन्धमा सर्वोच्चमा मुद्दा परेपछि विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरु नै अन्योलमा थिए।

गत असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।