सविन पाेख्रेल
काठमाडाैँ, २० पाैष । प्रतिनिधि सभा पुनर्स्थापना गर्दा नागरिककाे मतदान गरी नयाँ जनप्रतिनिधि चुन्ने अधिकार हनन हुने भन्दै रिट निवेदन उपर सरिक हुन पाउँ भन्ने हस्तक्षेपकारी निवेदन पेेश भएकाे छ।

सर्वाेच्च अदालत संवैधानिक इजलासमा यही पाैष २२ गते सुनुवाइ हुन गइरहेकाे अधिवक्ता सन्ताेष भण्डारी समेतकाे प्रतिनिधि सभा पुनर्स्थापना गरि पाउँ भन्ने रिट निवेदनमा आफुलाइ पनि सचेत नागरिक र मतदाताकाे हैसियतले सराेकार परेकाे हुँदा नेपाली जनताकाे नयाँ जनप्रतिनिधि चुनिने लाेकतान्त्रीक अधिकार हनन हुने गरी दायर भएकाे रिट निवेदनमा आफुलाइ पनि अदालतकाे मित्रकाे हैसियतले प्रत्यार्थी सरह सरिक गराइ पाउँ भनी निवेदन पेश भएकाे छ।

उक्त निवेदन अधिवक्ता राजीव वास्ताेला, अधिवक्ता पुरुषाेत्तम प्रसाद लाेहनी र कानूनका विद्यार्थी सविन पाेख्रेलले सर्वाेच्च अदालत समक्ष पेश गरेका हुन्। उक्त निवेदन आज सह-रजिष्टार बाबुराम दाहाल समक्ष पेश गरेका थिए। सह-रजिष्टार दाहालले साे निवेदन मिसिल साथ पेशी कै दिन इजलास समक्ष पेश गर्नु भनेका कारण उक्त निवेदन २२ गतेकाे पेशी कै दिन इजलास समक्ष अनुमतिका लागि पेश हुँदैछ।

निवेदनमा निवेदकहरुले आफ्नाे तथा नेपाली जनताकाे ताजा जनादेशकाे माध्यमबाट नयाँ जनप्रतिनिधि चुन्ने अधिकार माथि आघात पर्ने गरी रिट निवेदन दायर गरेकाेले खारेजीकाे माग दाबी गरेका छन्।

याे निवेदन नेपाली जनताकाे प्रतिनिधित्व गरी परेकाे र यसले अदालतलाइ स्वतन्त्र र निष्पक्ष रुपमा विश्लेषण गर्न सहयाेग पुग्ने सर्वाेच्च अदालत बार एशाेसिएशनका काेषाध्यक्ष अधिवक्ता विनाेद कार्की वताउँछन्। उनी भन्छन्,”यस्ताे निवेदन शाही आयाेगकाे विरुद्धमा परेकाे रिट निवेदन उपर पनि परेकाे थियाे र त्याे निवेदनले अनुमति पाइ न्यायिक प्रक्रियामा समावेश गरिएकाे थियाे।”