काठमाडौं, १० पौष । प्रतिनिधि सभा  विघटनविरूद्ध परेका १३ रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज संवैधानिक इजलासमा पेशी तोकेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय न्यायाधीशहरूको पूर्ण इजलास तोकेका हुन्।

त्यसैगरी, प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासको लागि प्रधानन्यायाधीशले टिम तयार पारेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूसहित हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका हुन ।

जबराले आफूपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र मिरा खड्कालाई इजलासमा पारेका छैनन्।

कार्की र खड्काको ठाउँमा अनिल कुमार सिन्हा र तेज बहादुर केसी छन्।

court 5