गुल्मी , ५ बैशाख । केहि दिनअघि गुल्मीको कालिगण्डकी गाउँपालिकामा ५ बर्षीया बालिकालाई बलात्कार आरोप लागेका १३ वर्षीय बालकलाई गुल्मी जिल्ला अदालतले तारेखमा रिहा गरेको छ ।

श्रेस्तेदार कृष्णशरण लामिछानेले बालकलाई बालसुधार गृहमा पठाउनुपर्ने भएपनि कोराना भाईरसको संक्रमणको बेला अभिभावककै जिम्मा लगाएर पठाउने फैसला भएको बताए ।

गत चैत्र २७ गते १३ बर्षीय मगर समुदायका  बालकले  दलित समुदायकी  ५ बर्षीया बालिका बलात्कार गरेको आरोप लागेको थियो।