हेटौंडा । प्रहरीले ६ किलो सुनसहित मकवानपुरबाट भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको रात्री बसलाई पूर्वपश्चिम राजमार्गको हेटौंडा-१५ रातोमाटेमा चेकजाँच गर्दा सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

भारत कर्नाटका ४२ बर्षीय अब्दुल मजिद अनेकलको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो।

अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ।